११.१ अध्यक्ष वा परिषद्को बैठकको अध्यक्षता गर्ने व्यक्तिको निर्देशन अनुसार परिषद्को सदस्य–सचिवले मिति, समय र स्थान तोकी परिषद्को बैठक बोलाउनेछ ।
११.२ परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आपूmमध्येबाट छानेको सदस्यलेगर्नेछ ।
११.२क.उपदफा ११.२ मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्को बार्षिक कार्यक्रम, बजेट र चौमासिक प्रगति समीक्षा बारे छलफल हुने परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नु पर्नेछ ।
११.३ बैठक बस्ने सूचना गर्दा आवश्यकतानुसार मुनासिव समय तोकी सुचना गर्नु पर्नेछ ।
११.४ परिषदको बैठक साधारणतः वर्षको दुई पटक बस्नेछ । तर अध्यक्षबाट निर्देशन भएमा जतिसुकै पटक पनि बस्न सक्नेछ ।
११.५ सदस्य–सचिवले बैठकको निर्णय पुस्तिका राख्नेछ ।
११.६ बैठक सम्बन्धी आवश्यक अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।